लागूऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ

अखबार हब
२०८० पुष २०, शुक्रबार १४:३७

हेटौंडा । प्रहरीले मकवानपुरबाट ४ किलो लागूऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान ८:२० बजे प्रहरी चौकी रातोमाटेको टोलीले हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेस्थित सडकखण्डमा चेकजाँच गर्दा चितवनबाट बिरगंजतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट उक्त लागूऔषध बरामद गरेको हो।

बिहारको मोतिहारी जिल्ला पश्चिमी चम्पारण निवासी ३७ वर्षीय जितेन्द्र जैसवाल र ३८ वर्षीय मनोज कुमार दासले आफ्नो शरीरमा लुकाएर राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*