मकवानपुरको बागमतीमा एक घर जलेर नष्ट

अखबार हब
२०८० पुष २०, शुक्रबार १०:५२

मकवानपुर । मकवानपुरको बागमतीमा आगलागीमा परेर एक घर जलेर नष्ट भएको छ । विहिबार बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोल वस्ने नारायण फेवाली मगरको घरमा आगलागी भएर नष्ट भएको हो ।

उनको काठको फुसको छानो भएको १ तले कच्चि घरमा विधुत को तार सर्ट भई आगो लागि हुदा घर भित्र रहेका लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पुर्णरुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*