२५ मिटर सडक विस्तार सम्बन्धी रिट निवेदन खारेज

अखबार हब
२०८० पुष १७, मंगलवार १९:५०

मकवानपुर। हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मङ्गलवार बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो ।

न्ययाधीशद्वाय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौंडा बजार क्षेत्र अन्तर्गत पर्ने राजमार्गको सडक विस्तार विरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*