मनहरीमा जङ्गली हात्तीको आक्रमणबाट घर र गोठमा क्षति

अखबार हब
२०८० पुष २, सोमबार १३:१६

मकवानपुर  । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ।

आईतवार राति ८:३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एकतले घर पूर्णरूपमा क्षति पुर्याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी, पर्सा राष्ट्रिय निकुञ्जको टोली र नेपाली सेनाको टोली तत्काल खटिएका थिए। स्थानीयको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटिएको र कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*