हेटौंडा बसपार्कमा घरेलु उत्पादनको प्रर्दशनी गरिने

अखबार हब
२०८० मंसिर २६, मंगलवार १९:०४

मकवानपुर । हेटौंडा बसपार्कमा घरेलु उत्पादन, कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को आयोजनामा आउँदो पुस २ र ३ गते हेटौंडाको बसपार्कमा घरेलु उत्पादन, कृषि उपज प्रर्दशनी मेला तथा साँस्कृतिक नृत्य प्रतियोगिता गरिने भएको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि वडा अध्यक्ष फुर्वा दोर्जे लामाले प्रर्दशनीको विषयमा जानकारी गराएका हुन् । हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादन तथा कृषि उपजलाई प्रर्दशनीमा राखिने छ । त्यही प्रर्दशनीमा नृत्य प्रतियोगिता समेत गरिने अध्यक्ष लामाले बताए ।

प्रर्दशनीमा ३० वटा स्टलहरु राखिने भएको छ । स्टलहरु निःशुल्क रुपमा उपलब्ध गराइने आयोजकले जनाएको छ । त्यसैगरी नृत्य प्रतियोगिता गरिने भएको छ । यो प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दितीय हुने टिमले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*