जेसीज युवा उद्यमशिलताको एक विश्व विद्यालय : संगम कार्की
मकवानपुर । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार संगम कार्कीले जेसीज युवा उद्यमशिलताको लागि एक विश्व विद्यालय भएको बताएका छन् ।
उनले विधिको शासनमा विश्वास गर्ने युवाहरुबीच अनुभव आदानप्रदान सहित क्षमताको विकासमा क्रियाशिल जेसीज युवाहरुलाई सामाजिक विकासमा समेत सक्रिय गराउने संस्था भएको बताए ।
मंगलबार बुटवलमा हुने उम्मेद्वार तालिममा सहभागिता जनाउने क्रममा उम्मेद्वार कार्कीले जेसीजको आस्था र गरिमालाई उच्च राखेर नेपाल जेसीज र स्थानीय शाखाहरुबीचको सम्वन्धलाई सुमधुर बनाउनको लागि आफु प्रतिबद्ध भएको बताएका हुन् ।
उनले विभिन्न तालिमहरुको आयोजना गरी युवाहरुको ब्यक्तित्व विकासका साथै नेतृत्व क्षमताको विकास र युवा सक्रियतालाई अगाडि बढाउन नेपाल जेसीज क्रियाशिल रहेको अवस्थामा २० बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी रहेको बताए ।
थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, जनकल्याण माध्यमिक विद्यालय थाहा ३ को मानविकी संकाय संयोजक हुन् ।
कार्की जमर्को समूह थाहा नगरपालिकाको अध्यक्ष, जनशक्ति कृषक सहकारी संस्था लि.थाहा–३ का लेखा सुपरिवेक्षण समितिका सदस्य, कृष्णतारा कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक, उच्च माध्यमिक शिक्षक संगठनका थाहानगर अध्यक्ष, प्याब्सन थाहानगरका सचिवको जिम्मेवारीमा छन् ।
पालुङ जेसीजको तर्फबाट बर्ष २००३मा राष्ट्रिय उपाध्यक्ष पदमा पुरुषोत्तम कार्की भएदेखि हालसम्म कोहिपनि राष्ट्रिय पदाधिकारी भएका छैनन् ।
संगम कार्की बुटवलमा हुने महाधिवेशनमा निर्वाचित भए पालुङ जेसीजले २० बर्षपछि राष्ट्रिय पदाधिकारी प्राप्त गर्नेछ ।
बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै सर्वसुलभ ढंगले उद्यमशिल तालिम सञ्चालन गरी स्थानीय सीप, स्रोत र साधनको उपयोग गरी युवाहरुलाई उद्यमशील बनाई स्वदेशमै आत्मनिर्भर बनाउनको लागि जेसीज अभियानमार्फत देशभर सन्देश पु¥याउनको लागि राष्ट्रिय उपाध्यक्ष पदमा अफूलाई मतदान गर्नको को लागि देशभरवाट नेपाल जेसीजको बुटवल महाधिवेशनमा आउनुहुने सम्पूर्ण प्रतिनिधिहरुलाई उम्मेद्वार कार्कीले अनुरोध गरे ।
नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी मंसिर २८ गते देखि पौष २ गतेसम्म बुटवलमा हुनेछ ।







