बकैयामा रास्वपाको वडा सम्मेलन

अखबार हब
२०८० मंसिर २३, शनिबार १९:२८

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी बकैया गाउँपालिका समिति संठन विस्तारमा लागेको छ । पार्टीको संगठन विस्तार अन्तरर्गत शनिवार पालिकाको वडा नम्बर ४ मा आफ्नो प्रथम वडा सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनले भरत फुयाँलको सभापतित्वमा ११ सदस्य नयाँ वडा समिति चयन गरेको छ । उपसभापतिमा देवी विश्वकर्मा, सचीवमा सूर्यनाथ घिमिरे भयन भएका छन् भने सदस्यहरुमा सुभाष घलान, सुभद्रा दाहाल, प्रेम बहादुर थिङ, बेली लामा, सीताराम राई, नबिन सुनार, दिल कुमार राई, राजेन्द्र घिमिरेलाई चएन गरेको छ । त्यसै गरि सल्लाहकारमा नरबहादुर राई , दीपप्रसाद घिमिरे, भरत राई ,सानू माझी, रेन बहादुर संजेल चयन भएका हुन् ।

पार्टीको मर्म बामोजिम पालिकाको सबै वडाहरुमा पार्टीलाई विस्तार गरिने राष्ट्रिय स्वतन्त्र पार्टी बकैया गाउँपालिका समिति सभापति अमर दङ्गालले बताए ।

पालिका सभापति दङ्गालको अध्यक्षतामा भएको वडा सम्मेलनमा पार्टी बागमती प्रदेश सदस्य सुनिता राईको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा मकवानपुर क्षेत्र नम्बर १ का सभापति टाकाराज थापा(सुरेश), क्षेत्र नम्बर २ सभापति सञ्जिव पाठक, क्षेत्र नम्वर १ उपसभापति जग्दिस दाहाल ,बागमती प्रदेश महिला विभाग सदस्य शान्ति थापा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*