राज्य व्यवस्थाले एनसेलबारे प्रधानमन्त्रीसँग ब्रिफिङ लिने

अखबार हब
२०८० मंसिर २३, शनिबार १०:१५

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे जानकारी लिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले राजनीतिक र प्रशासनिक नेतृत्वको सेटिङमा एनसेलमा घोटाला भएको आशंका गर्दै हालसम्म भए गरेका कारबाही, छानबिन समिति गठनलगायत प्रगतिको जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार २५ मंसिरमा प्रधानमन्त्री प्रचण्डलाई संवैधानिक परिषद्का काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमा छलफलका लागि आमन्त्रण गरिएको छ । सोही बैठकमा एनसेल प्रकरणबारे पनि जानकारी लिने गरी अनुरोध गरिएको उनले बताए । निर्णयपछि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको छ । ‘समितिको निर्णयअनुसार एनसेलसम्बन्धी के भयो, कस्तो भएको हो र अहिलेको अवस्था के हो भन्नेबारे उपस्थित भएर जानकारी गराइदिन अनुरोध गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएका छौँ,’ समिति खतिवडाले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*