मनहरीमा बाघको आक्रमणबाट पौडेलको मृत्यु
मकवानपुर । बाघले आक्रमण गर्दा मकवानपुरको मनहरीमा एकजनाको निधन भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१ दुबि चौर बस्ने ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
आज बिहान अन्दाजी १० बजेको समयमा मकवानपुरको मनहरी गाउँपालिका–६ खयर घारी गाउँदेखि अन्दाजी २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएका बेला उनलाई बाघले आक्रमण गरेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी घटनास्थलमा खटिएको र थप अनुन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।







