दुध उत्पादक किसानको समस्या समाधान गर्न मुख्यमन्त्रीलाई आग्रह

अखबार हब
२०८० मंसिर ८, शुक्रबार ०९:१५

मकवानपुर । मकवानपुरका किसानहरुले भोग्दै आएको दुधको समस्या समाधानका लागि जुटेको नागरिक समाजका प्रतितिनधीहरुले बिहिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेट गरेका छन् ।

भेटमा उनीहरुले मकवानपुरमा अहिले दैनिक २० हजार लिटर दुग्ध बिक्री नभई किसानहरुले समस्या भोगिरहेको मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए । नागरिक समाजका प्रतिनिधीहरु गुञ्जनबहादुर न्यौपाने, सन्दीप कुमार सापकोटा, राममणि न्यौपाने, विकास दुलाल, दामोदर दाहाल लगायतको टोलीले मुख्यमन्त्री जम्कट्टेललाई दुग्ध उत्पालक किसानका समस्याबारे जानकारी गराएको हो ।

मकवानपुरमा दैनिक ६० हजार लिटर दुध संकलन हुँदै आएकोमा करिब ४० हजार लिटर दुग्ध उत्पादक सहकारी संघले खरिद बिक्रीको व्यवस्थापन गर्दै आएपनि बाँकी करिब २० हजार लिटर दुध बिक्री नहुँदा सातामा दुई दिन मिल्क होलिडेको अवस्था सिर्जना भएको नागरिक समाजका प्रतिनिधीले बताएका छन् ।

बिक्री हुन नसकेको किसानको उत्पादन दुग्ध स्टक गर्ने ठाउँ व्यवस्थापन, दुग्ध बिक्री वितरणको व्यवस्थापन गर्न नीजि डेरीलाई सहुलियत ऋण व्यवस्था लगायतका विषयमा प्रदेश सरकारले ध्यान दिएमा अहिलेको दुग्धमा देखा परेको समस्या समाधान हुने दुग्ध उत्पादकहरुको भनाई छ ।

दुग्ध उत्पादन गरिरहेकाहरुको समस्या समाधानका लागि कोल्ड स्थापना गर्न तथा अन्य विकल्पबाट दुग्धको समस्या समाधान गर्न नागरिक समाजका प्रतिनिधीको टोलीले सरोकारवालासंग छलफल, भेटघाट, ध्यानाकर्षण लगायतका कार्य गर्दै आइरहेको छ । टोलीले विहीबारै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई भेटी दुग्धको समस्याबारे अवगत गराउँदै समाधानमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको छ ।

यसअघि प्रदेश दुग्ध विकास बोर्ड, जिल्ला प्रशासन कार्यालय, नीजि डेरी लगायतसंग भेटघाट तथा छलफल गरेको टोलीका सन्दीप कुमार सापकोटाले बताए ।

दुग्धमा देखा परेको समस्याका कारण दुग्ध किसानमात्र नभई राज्य नै दैनिक ३ देखि ४ करोड क्षति भएको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*