चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प
मकवानपुर । हेटौंडामा मध्यरातमा भूकम्पको कम्पन्न महसुस भएको छ।
राती १ बजेर १८ मिनेटको समयमा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।
हाल सम्म क्षतिको जानकारी प्राप्त नभएको मकवानपुर प्रहरीले जनाएको छ ।







