बीमाकार्ड नवीकरण गर्न स्वास्थ्य मन्त्री जोशीलाई रास्वापाको ध्यानाकर्षण

अखबार हब
२०८० मंसिर ४, सोमबार २०:४६

मकवानपुर ।  सेवाग्राहिले समयमानै स्वास्थ्य बीमा बापतको रकम भुक्तानी गरेतापनि  बीमाकार्ड  नवीकरण नगरेको  भन्दै राष्ट्रीय स्वतन्त्र पार्टी  ऱ्याट  हेटौडा नगर विभागले बागमाती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीलाई ध्यानाकर्षण गराएको छ ।

जिल्लामा रहेका अधिकांस नागरिकले स्वास्थ्य बीमा बापतको रकम स्वास्थ्य बीमाबोर्ड हेटौंडा कार्यलयलाई भुक्तानि गरेतापनि  बोर्डले कार्ड  नवीकरण नगरेको प्रति आपत्ति जनाउदै  सोमबार  प्रदेशका स्वास्थ्य मन्त्री जोशिलाई ऱ्याट हेटौडा नगर विभागले ध्यानाकर्षण गराएको हो ।

`सेवाग्राहीले समयमा नै नवीकरण बापत रकम भुक्तानी गरेता पनि स्वास्थ्य बीमाबोर्ड हेटौंडा कार्यालयले जनताको स्वास्थ्य जस्तो संवेदनशील क़ुरामा चरम लापरवाही गरेको भेटिएको छ । ´ कर्मचारी अभाव भन्ने कारण देखाएर लाचारीपन र गैर जिम्मेवारी पुनः जवाफ फर्काएर समस्याबाट भाग्न खोजेको पत्रमा भनिएको छ।

बीमा गराएता पनि अस्पतालबाट बिना उपचार घर फकिर्नु परेको बाध्यताले नागरिकको मौलिक हक गुमेको ऱ्याट नगरप्रमुख दामोदर दाहालले बताए । साथै उनले तत्काल समस्याको समाधान गर्न मन्त्री जोशीलाई आग्रह गरेका छन ।

त्यसैग़री ऱ्याटले स्वास्थ्य बीमा बोर्ड हेटौंडा र जिल्ला प्रशासन कार्यलय मकवानपुरलाई   समेत  समस्याको  अबगत गराउदै समाधानका निम्ति अनुरोध गरेको  छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*