भूकम्पले यसरी ढाल्यो खलङ्गाका घरहरू (तस्वीरहरू )

अखबार हब
२०८० कार्तिक १८, शनिबार ०९:००

शुक्रबार राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ । पछिल्लो जानकारीअनुसार, अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १ सय २८ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।

बेपत्ताहरूको खोज, उद्धार र घाइतेहरूको उपचार व्यवस्थापनका लागि १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहानै हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रतर्फ गएका छन् ।

भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् ।

यसैबीच भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गाका अधिकांश घरहरूमा क्षति गरेको छ । हेर्नुहोस् तस्वीरहरूः

 

यसमा तपाइको मत

Your email address will not be published.


*