दुध आयातमा रोक लगाउन प्रशासनलाई ध्यानाकर्षण

अखबार हब
२०८० कार्तिक १४, मंगलवार १६:४९

मकवानपुर । मकवानपुरमा अवैधानीक रुपमा बाहिरी जिल्लाहरुबाट आयात गरिएको दुध तथा दुग्ध जन्य पदार्थ विक्रि वितरण भइरहेको प्रति हेटौंडाका नागरिक समाजका व्यक्तिहरुले आपत्ति जनाएको छ ।

मंगलबार ध्यानाकर्षण पत्र मार्फत जिल्लाका प्रमुख नाकाहरुबाट राजस्व छलि गरी बिना बिल बिजक गुणस्तर मापदण्ड विपरित गैरकानुनी ढङ्बाट हेटौंडाका मुख्य बजारहरुमा दुध एवम् दुग्ध जन्य पदार्थ विक्रि वितरण भैरहेको भन्दै नागरिक समाजको एक समुहले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई ध्यानाकर्षण गराएको हो ।

उपभोक्ताहरुको मानव स्वास्थ्यमा पर्ने असर पशुचौपायाहरुमा हुनसक्ने रोगहरुको संक्रमणको जोखिम र राजस्व छलिबाट हुने नोक्सानीको लागी उद्योगहरुमा बाहेक जिल्ला बाहिरका अप्रसोधित दुध एवम् दुग्ध जन्य पदार्थहरुको खुल्लम खुल्ला विक्रि वितरणमा अबिलम्ब रोक लगाई कारर्वाहीको प्रकृया अघि बढाउनु पर्ने पत्रमा भनिएको छ ।

त्यस्तै नेपालमा भैरहेको गाई,गोरु तस्करी र सामान्य पशु अधिकारको समेत ख्याल नगरि गरिने ढुवानीको नियन्त्रणको लागी जिल्लाका मुख्य नाकाहरुमा रेकर्ड रहने गरी सिसिटिभि क्यामेराको निगरानिमा चेकजाँच गरी नियन्त्रण गर्न समेत आग्रह गरेका छन् ।

पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंले यस विषयमा छलफल अघि बढाउने बताए । छलफल पश्चात नियमणका निम्ती आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाई छ ।

पत्रमा गुञ्जनबहादुर न्यौपाने, सन्दीप कुमार सापकोटा, राममणि न्यौपाने, बिकास दुलाल, दामोदर दाहालको हस्ताक्षर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*