लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

अखबार हब
२०८० कार्तिक १३, सोमबार १९:१५

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ ।

सोमवार बिहान प्रहरीले पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ थानाभर्याङबाट लागूऔषध गाँजा ३ किलोसहित एक युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १ बस्ने मा अन्दाजी १९ वर्षीय सबिन स्याङबो रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सोमबार बिहान ११ बजेको समयमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्वरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सो बसमा सवार स्याङबोको साथबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*