मकवानपुरमा घरेलु मदिरा नष्ट

अखबार हब
२०८० कार्तिक १२, आईतवार १०:२५

मकवानपुर । मकवानपुर प्रहरीले ३ सय ७५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले बकैया गाउँपालिका वडा नम्बर–१२ ठिंगन स्थित कान्तिलोकपथमा यात्रुवाहक सवारी साधन शनिवार चेकजाँच गर्ने क्रममा उक्त मदिरा फेला पारेको हो ।

नियन्त्रणमा लिइएको मदिरा यात्रुहरुले मिनिरल वाटर, कोक तथा डिउको विभिन्न साईजको बोटलमा भरी ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मदिरा सवारी साधनमा सवार यात्रुहरुको रोहोवरमा सम्बन्धित मदिरा धनिलाई नै नष्ट गर्न लगाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*