प्रथम वडा अध्यक्ष कप भलिबल : चार टिम सेमीफाइनलमा प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा चार समुह सेमीफाइनलमा प्रवेश गरेको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले आयोजना गरेको भलिबल प्रतियोगिमा लिगकम अन्तरर्गत आज ६ खेल भएका थिए ।
आज भएको खेलमा समुह ‘ए’ बाट बिजेता बन्न सफल जनजागरण युवा क्लब मनहरी–४ र उपबिजेता मोर्डन युर्थ क्लब मनहरी–१ सेमीफाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरि समुह ‘बी’ बाट बिजेता बन्न सफल सूर्यदय युवा क्लब मनहरी–३ र उपबिजेता मनहरी–९ सेमीफाइनलमा प्रवेश गरेको छ ।
भोली हुने सेमीफाइनल अन्तरर्गतको पहिलो खेल समुह ‘ए’ विजेता जनजागरण र समुह ‘बी’ उपविजेता मनहरी–९ बिच हुनेछ भने दोस्रो खेल समुह ‘बी’ विजेता सुर्यदय युवा क्लब मनहरी–३ र समुह ‘ए’ उपविजेता मोर्डन युर्थ क्लब मनहरी १ बिच हुनेछ ।
सेमीफाइनल अन्तरर्गतको पहिलो खेल बिहान ८ बजे र दास्रो खेल बिहान ९ः३० बजे हुने आयोजकले जनाएको छ ।
साथै भोली नै दिनको ३ बजे फाइन खेल हुने बताइएको छ ।
प्रतियोगितामा बिजय हासिल गर्ने समुहले २५ हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने छन् भने उपबिजेताले १० हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिशाल उप्रेतीले जानकारी दिए ।
यसैगरि उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र साथै विधागत रुपमा अन्य खेलाडिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
खेल मनहरी–१ मकरीमा रहेको श्रीबाल जीवन ज्योतिको प्रङ्गनमा भइरहेको छ ।