मनहरीमा वडा अध्यक्ष कप अभिबल प्रतियोतिगा सुरु,पहिलो दिन ६ खेल

अखबार हब
२०८० कार्तिक १, बुधबार २०:१४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर मोर्डन यूथ क्लब मकरीले मनहरी गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।

आज भएको उद्घाटन खेलमा मोर्डन युथ क्लब ए ले जनसिद्ध युवा क्लबलाई २–० को सेटले पराजिग गरेको छ भने दोस्रो खेलमा मोर्डन बीले बाल जिवन ज्योति माविलाई २–१ सेटले पराजित गरेको छ ।

त्यस्तै तेस्रो खेलमा चकरी युवा क्लबलाई जनजागरण युवा क्लबले ०–२ सेट अन्तरले जीत निकालेको थियो । चौथो खेलमा सुर्योदय युवा क्लबले मनहरी–९ लाई २–१ सेटको अन्तरले जीतेको छ । साथै पाँचौ खेलमा जनसिद्ध युवा क्लबले चकरी युवा क्लबलाई २–१ सेटको अन्तर्रतले पराजित गरेको छ भने छैठौं खेलमा मोर्डन युर्थ क्लब बीलाई सुर्योदय युवा क्लबले २–० सेटले जितेको छ ।

भोली दोस्रो चरणको खेल हुने छ भने दुुबै चरणमा सबैभन्दा बढी अंक प्राप्त गर्ने २ टीमले फाइनल खेल्ने छन् ।

प्रतियोगितामा बिजय हासिल गर्ने समुहले २५ हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने छन् भने उपबिजेताले १० हजार नगदसहित ट्रफी र मेडल प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिशाल उप्रेतीले जानकारी दिए ।
यसैगरि उत्कृष्ट खेलाडीलाई तीन हजार नगदसहित मेडल र प्रमाणपत्र साथै विधागत रुपमा अन्य खेलाडिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

मनहरी–१ मकरीमा रहेको श्रीबाल जीवन ज्योतिको प्रङ्गनमा भइरहेको छ । खेलको फाईन प्रतियोगिता असोज ३ गते दिनको ३ बजे हुनेछ ।

आयोजक क्लबका कोषध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको उद्घाटन खेलमा मनहरी गाउँपालिका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्य सावित्री घिमीरे, यकराज गौतम, रामप्रसाद उप्रेती ,सागर जिम्बा , राजू खनाल, बिनोद गुनी, हिराबहादुर प्रजा, गणेश बर्ताैला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*