भोलि नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ ।
विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।