हेटौंडा फन पार्क सञ्चालनमा

मकवानपुर । हेटौंडामा हेटौंडा फन पार्क सञ्चालनमा आएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ पुरानो मकवानपुर रोडमा साढे दुइ करोड लगानीमा आरसी इन्टरनेस्नल प्रालिले हेटौंडा फन पार्क सञ्चालनमा ल्याएको हो ।
एकै स्थानमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट आजबाट सञ्चालनमा ल्याएको सञ्चालक रमेश सापकोटाले जानकारी दिए ।
तीन जनाको लगानीमा सुरु गरिएको पार्कमा १२ जना युवालाई रोजगारी समेत दिइएको सापकोटाले बताए । पुर्ण क्षमतामा सञ्चालन भएपश्चात २० जनालाई रोजगारी दिने लक्ष्य रहेको बताए ।
एकै स्थानमा बजारको बिच भागमा किशोर, किशोरी लगायतका स्केटिङ् गर्न सकिने, त्यसको अगाडी स्वीमिङ गर्न सकिने र रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइएको सञ्चालक सापकोटाले बताए । ‘रेस्टुरेन्टमा बेकरीका आइटमहरु पनि उत्पादन गरिएको छ । यसमा युवराज भण्डारी र जागृत चौरेल समेतले लगानी गर्नु भएको छ ।’ उनले भने ।