सन नेपाल लाइफ इन्स्योरेन्सले हेटौंडामा गर्‍यो आफ्ना मार्केटिङ म्यानेजरको सम्मान

अखबार हब
२०८० भाद्र ७, बिहीबार १९:२१

मकवानपुर । सन नेपाल लाइफ इस्योरेन्स कम्पनि लिमिटेडले आफ्नो सस्थामा रहेर काम गर्ने ५ जना मार्केटिङ कोअर्डिनेटर र ८ जना मार्केटिङ म्यानेजरहरुलाइ सम्मान गरेको छ ।

सस्थाले हेटौंडा शाखाबाट मार्केटिङ कोअर्डिनेटर अन्जन बर्तौला, संगिता न्यौपाने, अविशेक दाहालर सविना स्यान्तान लाई सम्मान गरेको हो । यस्तैआ.व.२०७९/८०मा कम्पनिको ब्यबसायिक लक्ष्य पूरा गर्ने ८ जना मार्केटिङ म्यानेजरहरुलाइ सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मार्केटिङ म्यानेजर संगिता अधिकारी, राजिब सापकोटा,अनिष घिमिरे,सरिता गौतम,आकृती चौलागाईं, अरुण बर्तौला र जुनु गोङ्बा रहेका छन ।

यस्तै हेटौंडा शाखा अन्तर्गत कम्पनिको टिम ब्यबसाय तर्फ उत्कृष्ट ब्यबसाय गर्न सफल राजिप सापकोटालाइ पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रम पश्चात् कार्यक्रममा बोल्दै सम्मानित हुने मार्केटिङ म्यानेजर राजिब सापकोटाले सम्मानले काम गर्न अझ उर्जा चलेको चलेको उल्लेख गरे । आगामी दिनमा अभिकर्ताहरुलाइ कम्पनी प्रती अझ उत्तरदायी बनाउका लागि कम्पनिले अझ ठूलो भुमिका निर्वाह गर्नु पर्ने उनको भनाइ थियो ।

यस्तै कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बिमित हरुको हितका पक्षमा काम गर्न अभिकर्ता समक्ष अनुरोध गरे । आजको समुदायमा जिवन विमाको महत्व बुझाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सन लाइफ नेपाल इन्स्योरेन्स बागमती प्रदेशका प्रमुख चुणामणी,हेटौंडा शाखाका प्रमुख पवन थापा,जीवन बिमा सँग सम्बन्धी ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*