हेटौंडाको मुख्य बजार क्षेत्रको संरचना भत्काउन डिभिजन कार्यालयको सूचना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटे देखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सडक केन्द्रबाट २५/२५ मिटर सडक कायम भएको र सो सडक सिमा भित्र परेका घर, टहरा हटाउन निर्देशन दिएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
सडक डिभिजन कार्यालयको सूचना ।








