मकवानपुर हेल्प डेस्कको रक्तदान कार्यक्रममा ३१ जनाले गरे रक्तदान

अखबार हब
२०८० असार ९, शनिबार १८:१४

मकवानपुर । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको आयोजनामा शनिबार टिभिएस सोरूम हेटौंडामा भएको रक्तदाम कार्यक्रमना ३१ जनाले रक्तदान गरेकाछन ।

लायन्सको नियमित कार्यक्रम अन्तरगत आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला र २७ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक प्रबेश राज बरुवालले जानकारी दिए ।

लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क्का अध्यक्ष ध्रुबराज ढकालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा इलेक्ट फर्स्ट भाईस डिस्ट्रीक्ट गभर्नर टासी डोल्मा तुम्बाहाम्फे, पास्ट डिस्ट्रीक्ट गभर्नर शम्भु नकर्मी,को विशेष आतिथ्यता रहेको थियो ।

साथै नोमिनेट एरिया चिफ जेपी यादब, नोमिनेट एरिया सेक्रेटरी कबिता श्रेष्ठ, रिजन प्रशन आशिका श्रेस्ठ, क्लबका संस्थापक अध्यक्ष तथा नोमिनेट जोन चियर प्रसन प्रबिन मैनाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति सदस्य राज कुमार के.सी. नेपाल समाजबादी पार्टी मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष पत्रकार कुमार अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य उज्ज्वल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राबिधिकहरुले प्राबिधिक सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*