जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न भिमसेन महतको सुझाव
मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका सचीव भिमसेन महतले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सुझावसहितको ज्ञापनपत्र बुझाएका छन ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुख्यमन्त्री प्रदेश राजधानी पर्यटन विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि मकवानपुरको पर्यटन क्षेत्रको विकास गर्न बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई ज्ञापनपत्र बुझाएका हो ।
सोमबार काङ्ग्रेस मकवानपुरका सचीव महतले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेललाई आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मुख्यमन्त्री प्रदेश राजधानी पर्यटन विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरि मकवानपुरको पर्यटन क्षेत्रको विकास गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन । सचीव महतले प्रदेशको भौतिक, आर्थिक,सामाजिक , शैक्षिक र स्वास्थ्य क्षेत्रको बिकासमा समेत प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।प्रदेशमा आर्थिक गतिविधि बढाउन सरकारले धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा जोड दिनुपर्ने सचीव महतको भनाई थियो । यस्तै ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री जम्कटेलले प्रदेशको राजधानी हेटौडालाई चिनाउने गरि प्रदेश सरकारले देखिने काम गर्ने प्रतिबद्धता समेत जनाए । उनले प्रदेशको सम्पुर्ण भौगोलिक अवस्था र पर्यटनको अवस्था मुल्यांकन गरेर बजेट बिनियोजन गर्ने बताए ।







