ठेक्का सम्झौता नगर्ने महारुद्र कन्स्ट्रक्सन कालोसूचीमा

अखबार हब
२०८० जेष्ठ २२, सोमबार १९:५८

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले ठेक्का सम्झौता नगर्ने कन्स्ट्रक्सनलाई कारवाही गर्ने भएको छ । पालिकामा पर्ने लोथर खोलाको नदि जन्य पदार्थको संकलन र बिक्री गर्न आह्वान गरेको बोलपत्र अनुसार ठेक्का पार्ने नुरज कुमार पौडेलको नाममा रहेको महारुद्र कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखी धरौटी जफत गर्ने तयारी गरेको हो ।

चितवनको राप्ती नगरपालिका र मकवानपुरको मनहरी गाउँपालिकाले संयुक्त रुपमा राजश्व बाढ्ने सहमतिका साथ गत १६ चैत्रमा पहिलो पटक १९ लाख ७४ हजार ५६३ घनफिट नदी जन्य पदार्थ उत्खनन गर्न १ करोड ७७ लाख ७१ हजार ५ सय (करबाहेक) न्यूनतम बोलपत्र आह्वान गरेको थियो ।

सूचना बमोजिम १ करोड ८० लाखमा ठेक्का पारेको  नुरजकुमार पौडेलको नाममा रहेको महारुद्र कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता नगरेसँगै पालिकाले कालोसूचीमा राखी धरौटी रकम जफत गर्ने तयारी गरेको छ । ठेक्का प्रक्रियामा भने उक्त महारुद्र कन्स्ट्रक्सनको मात्र एकल सहभागिता रहेको थियो ।

सम्झौता नगर्ने कन्स्ट्रक्सनलाई १७ जेष्ठको कार्यपालिका बैठकले धरौटी जफत गरि कालोसूचीमा राख्न सिफारिस गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । जेष्ठ मसान्त सम्म नदी जन्य पदार्थ उत्खनन गर्न पाउने कानूनी व्यवस्था अनुसार पालिकाले अमानतमा खोला खुलाउने तयारी गरेको जानकारी दिए ।

करिब १ हप्ता समय भएकोले नियम अनुसार अमानत बाट दिनको करिब ६ सय टिप्परको दरले नदी जन्य पदार्थ उत्खनन गरि पालिकाले राजश्व संकलन गर्ने तयारी गरेको उनले बताए ।

कन्स्ट्रक्सन सञ्चालक पौडेलले भने पालिकाले ठेक्का सम्झौता गर्ने सूचना निकाल्न ढिला गरेको कारण सम्झौता नगरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*