युवा मैत्री स्थानीय शासन प्रवद्र्धन विषयक अभिमुखीकरण हेटौंडामा

अखबार हब
२०८० जेष्ठ २१, आईतवार १५:२१

मकवानपुर । युवामैत्री स्थानीय शासन प्रवद्र्धन विषयक अभिमुखीकरण हेटौंडामा सुरु भएको छ । प्रदेश युवा परिषद् बागमतीले आयोजना गरेको युवा मैत्री स्थानीय तहहरुका लागि प्रवोधिकरण तथा प्रोत्साहन कार्यक्रम आज(आइतवार) बाट सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बेरोजगारीको कारण अध्ययनको नाममा लाखौंको संख्यामा युवा विदेशी रहेको बताए । अध्ययन तथा रोजगारीको नाममा विदेशी रहेका युवाहरुलाई स्वदेशमै टिकाइ राख्न प्रदेश युवा परिषद् र स्थानीय तहले भुमिका खेल्नु पर्ने बताएका छन् । साथै उनले युवालाई टिकाउने स्थानीय तहको कार्यक्रममा प्रदेशको साथ रहेको समेत जनाएकी छिन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले स्थानीय तहलाई युवा मैत्री बनाउनु पर्नेमा जोड दिएकी छिन् । प्रदेश सरकारले पनि युवाहरुलाई प्रविधिसँग जोड्नु पर्ने बताए । साथै परिषद्ले युवा टिकाउन र विकाउने अभियान सञ्चालन गर्नु पर्ने भन्दै हेटौंडा उपमहानगरपालिका त्यस अभियानमा साथ दिन तयार रहेको बताएकी छिन् ।

युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले स्थानीय तहमा युवाको अधिकारलाई सुनिश्चित गर्दै युवा मैत्री स्थानीय शासन निमार्णमा सबै लाग्नु पर्ने बताए ।

सोमबार सम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रमा बागमती प्रदेशका १३ जिल्लाका स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा महाशाखा तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*