राष्ट्रपति पौडेलले गरे विवादस्पद नागरिकता विधेयक प्रमाणित

अखबार हब
२०८० जेष्ठ १७, बुधबार १३:१८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानु अघि राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजै प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेट गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*