प्रतिबन्धित माहुर माछा नष्ट

अखबार हब
२०८० बैशाख २९, शुक्रबार १९:५०

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले नेपालमा प्रतिबन्धित रहेको माहुर माछा नष्ट गरिएको छ ।

शुक्रबार हेटौंडा–९ स्थित हेटौंडा कपडा उद्योगमा रहेको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले खाल्डो खनी १० डिब्बाको करिब सय केजी माहुर माछाको भुरा नष्ट गरेको हो ।

शुक्रबार बिहान ३ बजेको समयमा काँकडभिट्टादेखि हेटौंडा आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बसबाट चुरियामाईमा उक्त माछाका भुरा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेश श्रेष्ठले जानकारी दिए ।

नेपालमा प्रतिबन्धित उक्त माछा बजारमा पाइने अरु मान्छाभन्दा कम मूल्य रहेको हुँदा यसको कालोबजारी हुने गरेको श्रेष्ठले बताए । ‘माहुर प्रजातिका यी माछाहरु मानिसले खादाँ क्यान्सर हुने प्रवल सम्भावना देखिन्छ र मानिसदेखि जलचर प्राणीसम्म्को लागि यो हानिकारक रहेको तथ्य छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*