हेटौंडामा निर्माण संघको शुभकामना आदानप्रदान

अखबार हब
२०८० बैशाख ९, शनिबार १९:२२

मकवानपुर । नयाँ वर्ष २०८० को अवसरमा निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा शनिबार हेटौँडामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा निर्माण क्षेत्रका समस्याहरुको बारेमा छलफलभएको छ ।

कार्यक्रममा निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा अहिले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधान हुने औँल्याइएको थियो । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समयमा काम सम्पन्न नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै निर्माण व्यवसायीका समस्यमा समाधानमा तीनै तहको सरकार सकारात्मक रहेको बताउनुभयो ।

उहाँले सरकारबाट हेर्दा काम नभएको देखिन्छ, तीन पटक म्याद थप्दासमेत काम नभएको पाइन्छ भन्दै निर्माण क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । बागमती प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री एकालाल श्रेष्ठले जिम्मेवारी लिएपछि काम समयमा पूरा गर्नुपर्ने भन्दै सबै व्यवसायमा अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले कतिपय स्थानीय तहले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान नगर्ने गरेको बताउँदै निर्माण व्यवसायीले आफ्नो काम सहज रुपमा गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा, नेकपा एमाले मकवानपुरका सचिव नवीन सिग्देल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण कटुवाल, निर्माण व्यवसायी सङ्घ मकवानपुरका पूर्व अध्यक्ष आनन्दराम पराजुली, संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललगायतले टेण्डर निकाल्दा बजेट सुनिश्चिततासँगै सबै तयारी गरेर आव्हान गर्नुपर्ने, बैंक व्याजदरको समस्या समाधान हुनुपर्नेलगायतका धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*