भीमफेदी कारागारमा बन्दीको मृत्यु

अखबार हब
२०८० बैशाख ७, बिहीबार १०:०३

मकवानपुर । मकवानपुरमा रहेको क्षेत्रीय कारागार भीमफेदीमा एकजना बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी–६, लोथरका ३५ वर्षीय समीर परियार रहेका छन् ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार बुधबार बिहान करिब साढे १० बजे कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका उनी बेहोस भई ढलेका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*