हेटौंडामा बाघको आक्रमणबाट दुई जना घाइते

अखबार हब
२०८० बैशाख ६, बुधबार १५:३७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरिमाई स्थित सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

आज वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्ण बहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको जनाएको छ । घलानको पनि हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

यस अघि पनि हेटौंडाको हर्नामाडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*