जंगलमा लागेको आगो बस्तिमा सल्कदा बकैयामा दुई घर जलेर नष्ट
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ ठुलो ज्यामिरेमा जंगलमा लागेको आगो बस्तिमा सल्कदा दुई घर जलेर नष्ट भएको छ । ठुलो ज्यामिरे स्थित वनमा लागेको डढेलो बस्तिमा सल्कदा स्थानीय दुर्गा माया भोलनको घर, गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो ।
आगोलागीबाट ७ वटा बाख्रा, कुखुरा १२ वटा जलि मृत्यु भएको छ । उक्त आगलागी बाट अन्नपात, लत्ता कपडा, भाडाबर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायत गरी ७ लाख ५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
यसैगरी स्थानीय लाल बहादुर लोको खरले छाएको घरमा आगलागी हुदा घर पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागी बाट अन्नपात, भाडाँ समेत गरी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।







