मकवानपुर आउँदै प्रधानमन्त्री प्रचण्ड
मकवानपुर। निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन्
प्रधानमन्त्री प्रचण्ड बिहान १० जिल्लाको भीमफेदी गाउँपालिका–८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फाष्ट ट्रयाक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका–५ राजदमारको अनुगमन गर्नेछन् ।







