रास्वपा भीमफेदी सभापतिमा बराल

अखबार हब
२०७९ चैत्र ११, शनिबार १८:५५

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमफेदी गाउँपालिका सामितिको सभापतिमा सरोज बराल चयन भएका छन् ।

शनिवार मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको रास्वपाको भेलाले बरारको नेतृत्वमा ११ सदस्य पार्टी गाउँ समिति चयन गरेको हो । पार्टीले पालिका उपसभापतिमा कृष्णशोभा श्रेष्ठ, सचीव सञ्जय पौडेल, कोषाध्यक्षमा सर्वेन्द्र बर्तौला चयन भएका छन् भने सदस्यहरुमा राजेस मिजार, जयराम सुनार, माधव पुडासैनी, दलबहादुर लामा, देवकुमार राना, शुब्बाबहादुर ब्लोन र अनिल कुमार श्रेष्ठ चयन भएको निर्वाचन कमिटिका संयोजक तथा बागमती प्रदेश सदस्य विरेन्द्र थापाले बताए । पालिका सल्लाहकारमा दिपेन्द्र ढकाल, उमेश थापा चयन गरेको थापाले बताए ।

त्यसै गरि रास्वपाले ३ सदस्य र्यापिट एक्सन टिम गठन गरेको छ । र्यापिट एक्सन टिममा साजन गोले, घनश्याम थापा र पवन राना रहेका छन् ।

पार्टी जिल्ला संयोजक भरत पराजुलीको संयोजकत्वमा भएको कार्यक्रमा केन्द्रीय सदस्य रमेश प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेश प्रबक्ता उत्सव अर्याल प्रदेश सदस्य विरेन्द्र थापा, सुनिता राई, जिल्ला सहसंयोजक प्रकाश गौतम, रास्वपा नेता टाकाराज थापा, नगर सभापति ध्रुर्वबहादुर बिष्ट, नगर सल्लाहकार दामोदर दाहाल, जिल्ला उपसभापति निजारज बर्तौला, जिल्ला सदस्य नवराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*