तरुण क्षेत्रीय सभापति दाहाल रास्वपाको नगर सल्लाहकार

अखबार हब
२०७९ फाल्गुन २८, आईतवार १४:३६

मकवानपुर । नेपाली काँग्रेस निकट युवा संगठन तरुण दल मकवानपुरको क्षेत्रीय सभापति दामोदर दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर समितिको सल्लाहकार नियुक्त भएका छन् ।

शनिवार  हेटौंडामा भएको रास्वपाको नगर सम्मेलनबाट दाहाल नगर सभापति  ध्रुर्व विष्टको सल्लाहकारमा नियुक्त भएका हुन् ।

विगत लामो समय नेपाली काँग्रेसको राजनितिमा संक्रिय रहेका दाहाल पछिल्लो समय पार्टीमा देखिएको चरम गुट उपगुटका कारण सभापतिको पद त्यागेर रास्वपामा प्रवेश गरेको बताए । कांग्रेस पार्टी जनताको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लागेर पार्टीमा गुट उपगुटलाई प्रसय दिएको दाहालले बताए ।

आफ्नै कार्यकर्ताले गल्ती गर्दासमेत नेतृत्व चुइक्क नबोल्ने परिपाटी पुराना दलमा बढ्दै गएको कारण आफुले नेपाली काँग्रेस परित्याग गरेको उनले सुनाए । दाहालले रास्वपाको सदस्यता समेत प्राप्त गरिसकेका छन् । अब रास्वपा बाटै देशको आर्थिक तथा समाजिक विकासमा अग्रसर रहने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*