नयाँ गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याउने : गुरूङ्ग

अखबार हब
२०७९ फाल्गुन १६, मंगलवार १२:५४

मकवानपुर । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका १५ नं. वडा कमिटीको बैठकमा बोल्दै पार्टी पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले नयाँ गठबन्धन मुलुकमा वेथिति, अशान्ति, भ्रष्टाचार, वर्वादी र अस्थिरता निम्याउने बताउनु भयो ।

उहाँले यस्ता विकृतिको अन्त्य गर्न पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियान पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माणको लागि भएको बताउनु भयो ।

बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव सिंहबहादुर विकले बताउनु भयो ।

पार्टी वडा अध्यक्ष पर्सबहादुर भुजेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सदस्यहरू कमल विष्ट, ईन्द्रबहादुर स्याङ्तान, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, मदन दाहाल, फूर्वा दोर्जे लामा, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*