मतदातालाई धन्यवाद दिदै पराजुलीले भने – ‘अबको पाँच वर्ष प्रतिपक्षको भुमिकामा रहने छु’
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पराजित भएका भरत पराजुलीले मतदातालाई धन्यवाद दिएका छन् ।
आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार पराजुलीले १२ हजार ३९ मत पाएका थिए । उनले आज सामाजिक सञ्जाल मार्फत मकवानपुर बासिलगायत आफुलाई मतदान गर्ने क्षेत्र नम्बर २ का मतदातालाई धन्यवाद दिएका हुन् ।
मतदातालाई धन्यवाद दिदै उनले अबको ५ वर्ष पछि देशमा राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकको विकल्प नरहेको बताएका छन् । मतदाताले दिएको मतको सम्मान गर्दै आफू मकवानपुरको विकासको निम्ती प्रतिपक्षको भुमिका निर्वाह गर्ने समेत बताएका हुन् । साथै उनले विजयी हुने जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेका छन् ।
उत्त क्षेत्रमा एमालेका महेश बर्तौला पहिलो र सत्ता गठबन्धनबाट नेकपा( एकीकृत समाजवादी) का विरोध खतिवडा दोस्रो भएका थिए । बर्तौलाले ३४ हजार ९ सय १६, खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका थिए ।







