पहिलो प्रयासमा भरत पराजुलीले पाए १२ हजार मत
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना केही समय पहिले सकिएको छ ।
जसमा एमालेका महेश बर्तौला पहिलो र सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) का विरोध खतिवडा दोस्रो भए । बर्तौलाले ३४ हजार ९ सय १६, खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे । बदर मत ४ हजार १ सय २ छ ।
तिन दशक लामो नेपाली काँग्रेस मकवानपुरको राजनिति छाडेर रवि लामिछानेको पार्टी रास्वपा बाट चुनाव लडेका पराजुलीले पहिलो प्रयासमै १२ हजार ३९ मत पाए । जसको असर नेपाली काँग्रेस मकवानपुरलाई परेको छ । पराजुलीले सत्ता गठबन्धनमा रहेका असन्तुष्ट मत पाउँदा मकवानपुर २ मा एमालेले आफ्नो जित निकाल्न सफल भयो ।







