एमालेका बर्तौला भारी मतअन्तरले विजय
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर -२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला ३४ हजार ९ सय १६ मत प्राप्त गरि विजयी भएका छन ।
सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २० मतअन्तरले पराजित गर्दै एमालेका बर्तौला विजयी भएका हुन । हाल सम्म ८६ हजार ३ सय १ मतगणना गर्दा नेकपा एमालेका महेश बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गरेका छन । भने सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादिका बिरोध खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका छन ।
बर्तौला अनेरास्ववियु केन्द्रिय कमिटीका पुर्व उपाध्यक्ष तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव हुन । भने पराजित खतिवडा यस अघि यहि क्षेत्रबाट ४ पटक निर्वाचन भैइसकेका थिए । यस्तै रास्ट्रीय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका छन । भने राप्रपाका राजन मैनालिले २ हजार १ सय ९४ मत प्राप्त गरेका छन ।







