मकवानपुर–१(२) : एकालाल श्रेष्ठ विजयी

अखबार हब
२०७९ मंसिर ७, बुधबार २०:३८

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–१ (२) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । ४५ हजार २५६ मत खसेकोमा विजयी श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दै प्रदेशसभाको यात्रा तय गरे । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरे । श्रेष्ठ एमाले मकवानपुर अध्यक्ष समेत हुन् ।

राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*