ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई विजयी

अखबार हब
२०७९ मंसिर ७, बुधबार १४:५३

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलवारबाट सुरू भएको मतगणना सकिँदा गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०५ मतले पछि पार्दै भट्टराईले जितेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए । माओवादीका खेलप्रसाद २१ हजार ७३८ मा रोकिए ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*