मकवानपुर १(ख) : श्रेष्ठ १ हजार ३५६ मतअन्तरले अगाडी,पराजुली दोस्रो
मकवानपुर । जारी मतगणना अनुसार मकवानपुर प्रतिनिधि सभा १ प्रदेश सभा(ख)मा एमालेका एकालाल श्रेष्ठले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार ३६ हजार २ सय ३३ मत गणना गर्दा एमालेका श्रेष्ठ एक हजार ३ सय ५६ मतअन्तरले अगाडी रहेका छन् । उनले ११ हजार ५ सय ४८ मत पाएका छन् भने काँग्रेसका पराजुलीले १० हजार २ सय २८ मत पाएका छन् । त्यस्तै राप्रका गञ्जन बहादुर न्यौपाने १० हजार २ सय २२ मतका साथ तेस्रो अवश्थामा रहेका छन् ।
सो क्षेत्रमा ४५ हजार २ सय ५६ जनाले मतदान गरेका थिए ।
यस्तो छ, मतपरिणाम अपडेट








