मकवानपुर १(ख) : मतान्तर बढाउँदै एकालाल,आनन्द तेस्रो
मकवानपुर । एमाले मकवानपुरका अध्यक्ष एवम् मकवानपुर प्रतिनिधि सभा १ प्रदेश (ख) का उम्मेदवार एकालाल श्रेष्ठले मतअन्तर फराकिलो बनाउँदै लगेका छन् ।
हेटौंडा–२ स्थित सिदार्थ माविमा जारी मतगणना अन्तरगत २३ हजार २ सय ८७ गन्दा एमालेका श्रेष्ठ ४४२ मत अन्तरले अगाडी रहेका छन् ।
एमालेका उम्मेदवार श्रेष्ठले ७३१५ मत ल्याउँदा राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपाने दोस्रो स्थानमा रहेका छन् । उनले ६८७५ मत प्राप्त गरेका छन् । यसैगरी गठवन्धनका उम्मेदवार आनन्दराम पराजुली तेस्रो स्थानमा रहेका छन् । उनले ६३९१ मत ल्याएका छन् । हाल सम्म हेटौंडा उपमहानगरपालिकाको ६ वटा वडाको मतगणना भएको छ ।
यस्तो छ मतपरिणाम अपडेट :








