मकवानपुरको मतगणना स्थलमा बानियाँको दादागिरि
मकवानपुरको मदगणना भइरहेको स्थान हेटौंडा २ सिदार्थ माविमा मकवानपुर २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी प्रवेश गरेसँगै नाराबाजी सुरु भएको छ ।
सोमवार राति करिब ९ बजे बिना चेकिङ बानियाँको बागमती बी ए बी ११११ नम्बरको ल्यान्ड कु्रजर गाडी मतगणना स्थलमा बिना रोकावट, बिना चेक जाँच प्रसासनले प्रवेश गराएसँगै उपस्थित स्थानीय सर्वसाधारणले विरोध गरेका हुन् ।
मतगणना स्थलमा पत्रकार, उम्मेदवार लगायतलाई मपसे चेक गरेर मात्र प्रवेश दिइएको छ । तर बानियाँको गाडी चालकलाई भने निर्वाध प्रवेश दिइएको हो ।
मतदान स्थलमा यति बेला प्रहरी नै बानियाँको दास बनेको भन्दै नाराबाजि भैरहेको छ ।







