मकवानपुरमा मतगणना सुरु

अखबार हब
२०७९ मंसिर ५, सोमबार १३:४१

मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडा २ स्थित सिद्धार्थ माविमा अहिले मतगणना सुरु भएको हो ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाको मतगणना सुरु भएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नं.४ झुरझुरेको मतदान केन्द्र १ को ख को मत पेटिकाको शिल खोलेर मत गणना सुरु गरिएको छ ।

त्यसै गरि प्रतिनिधिसभा क्षेत्र नम्वर– २ को पनि मतगणना सुरु भएको छ । क्षेत्र नम्वर २ को भीमफेदी गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

बिहान ८ः३० बजे सर्वदलिय बैठक बसेर मतगणना गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*