७ तस्विरमा मकवानपुरको निर्वाचन
मकवानपुर । मकवानपुरको २ वटा प्रतिनिभि सभा र ४ वटा प्रदेश सभाका लागि आज भएको निर्वचानको मतदान सकिएको छ । आज साझ ५ बजे सम्म भएको मतदानमा ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा देखिएन । मकवानपुरको ३ सय ६४ वटा मतदान केन्द्रबाट आज मतदान भएको थियो । जिल्लामा ३ लाख ७ सय ३३ जना मतदाता छन् । मतदान सकिएसँगै मतगणना हुने स्थान हेटौंडा २ स्थित सिद्धार्थ माविमा मतपेटिका ल्याउने क्रम जारी रहेको निरौलाले बताए ।
फोटो : akhabarhub








