काँग्रेस मकवानपुरले गर्यो पूर्व महासमिति सदस्यसहित १६ जनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही
मकवानपुर । पार्टीको निर्णय विपरित गतिविधि गरेको भन्दै नेपाली काँग्रेस मकवानपुरले पूर्व महासमिति सदस्यसहित १६ जनालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ ।
आज पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पूर्व महासमिति सदस्य भरत पराजुली र रिता खनालसहित १६ जनालाई मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको नीति सिद्धान्त र निष्ठा विपरित पार्टीको उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारको विपक्षमा विभिन्न पार्टीबाट उम्मेदवारी दिएको र उनीहरुको समर्थक र प्रस्थापक बनेको भन्दै कारवाही गरेको पार्टी जिल्ला सभापति बुद्ध लामाले बताए ।
निर्वाचनको मुखमा पार्टीलाई क्षति पुर्याउने मनसायका साथ संलग्न हुने नेपाली कांग्रेसका सदस्यहरुलाई पार्टीको विधान २०१७ (संसोधन सहित ) को परिच्छेद ९ दफा ३४ को उपदफा ४ ९क० अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ वर्षको लागि निष्कासन गरिएको जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहालले जानकारी दिए ।
कारवाही गरिएको नामावली विवरण








