एमाले सरकारले गरेका राम्रो कामको निरन्तरताको लागि जनताले साथ दिनुपर्छ – एकालाल श्रेष्ठ
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) प्रदेश सभाका उम्मेदवार एकालाल श्रेष्ठले एमाले सरकारले सुरु गरेका काम पूरा गराउन एमालेले जित्न आवस्यक रहेको बताउनुभएको छ । एमाले सरकारका समयमा धेरै राम्रो कामको सुरुवात गरेकोले त्यसलाई सम्पन्न गराउन पनि जनताले एमालेलाई जिताउने बताउनुभयो ।
गठबन्धनको सरकारदेखि जनता आजित भएकाले एमालेको सरकार छिटो बन्नुपर्ने उहाँको भनाई छ ।
जनताले अहिले गठबन्धन सरकार हटाएर एमालेको सरकार बनाउने जनतामा चाहना रहेको बताउनुभयो । हेटौंडा ९ मा शनिबार भएको घरदैलो तथा कोण सभामा बोल्दै वर्तमान सरकारबाट आजित भएर जनताले चाँडै एमालेको सरकार बनाउन चाहेको बताउनुभयो।
विगत तीन वर्ष सरकारमा हुँदा एमाले सरकारले जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेकोले त्यो पूरा गर्न पनि एमालेको सरकार बनाउनुपर्ने बताउनुभयो । देश विकास गर्ने पार्टी, देश बनाउने पार्टी एमाले भएको भन्दै एमालेको कामको मुल्यांकन गर्नपनी श्रेष्ठले आग्रह गर्नुभयो । एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उहाको भनाइ थियो ।







