एमालेले बहुमत ल्याउँछ : सुवास नेम्वाङ

अखबार हब
२०७९ कार्तिक २४, बिहीबार १६:१७

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्।

मंसिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी नेम्वाङको थियो।

इलाम नगरपालिका–९ वडा कमिटीले बुधबार आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हिजोआज जनताका घर–घरमा पुगेको बताए।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेमवाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको भनाइ छ।

नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाएका थिए।

उनले आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै सोहीअनुसार अघि बढ्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*