विकास र समृद्धिको गन्तव्य पूरा गर्न एमाले अग्रसर – पौडेल

अखबार हब
२०७९ कार्तिक २३, बुधबार २१:०४

मकवानपुर। बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले देश विकास र समृद्धिको गन्तव्य पूरा गर्न अग्रसर रहेको बताएका छन्। नेकपा एमालेको कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु रहेको भन्दै मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्ने उनको भनाइ थियो । हेटौंडा १० मा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा रहदा बिकास र समृद्धिको लागि एमालेले सदैव अथक प्रयास गर्दै आएको पौडेलले बताएका छन् ।

नेकपा एमालेले घोषणामा मात्र परिवर्तन हैन जनताको जीवनमा समेत प्रभाव पार्नेगरी काम गर्ने उनको भनाई थियो । जनताले देखेका सपनालाई यथार्थतामा बदल्ने सङ्कल्प र प्रतिबद्धता एमालेले गरेको उनले जानकारी दिए । औद्योगिक क्षेत्रको बिकास गर्दै रोजगारीका लागि एमालेले उद्योग स्थापनामा जोड दिएको बताए । मत पाउन जनताको मन जित्नुपर्ने पनि उनको भनाई छ । टोलटोलमा एमाले सरकारले गरेका कामहरुको परिणाम धमाधम देखिरहेको पौडेलले बताए ।

हाल प्रदेशमा १८ जना मन्त्री गठबन्धन फकाउने उदेश्यबाट गठन गरिएको भनाई राखेका छन् । गठबन्धनको भाग पुर्याउन जताको करको दुरुपयोग भएको पौडेलले बताए । देश बनाउने काममा पार्टी भन्दा पनि देश बनाउने कामको लागि अन्य पार्टीका समर्थकलाई पनि एमालेलाई मत दिन सुझाव दिइ। देश बनाउने समृद्धि ल्याउने चुनाब भएको एमाले बाहेकको विकल्प जनताले नखोज्ने उनको भनाई छ ।

नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एबम मकवानपुर क्षेत्र नम्बर १ ख का निर्वाचन परिचालन कमिटी संयोजक रघुनाथ खुलालले एमाले बिचार, सोच, कार्यक्रम भएको पार्टी भएको बताए। देश हाक्ने र देश बिकास गर्ने नेतृत्व एमालेसङ्ग मात्र भएको उनको भनाइ छ । सक्षम नेतृत्वका कारण राष्ट्रियता, स्वाधीनता, समृद्धि बनाउदै देशलाई अगाडि लैजाने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*